दि कर्माको भिडियोमा नीताको कामुक नृत्य (भिडियो)


व्युटी न्युज नेपाल
काठमाडौ, १७ असोज

आगामी ७ मँसिरमा रिलिजको घोषणा सहित नेपाली चलचित्र ‘दि कर्मा’को पहिलो गीत बजार लाग्या छ…को भिडियो युट्युव मार्फत रिलीज गरिएको छ ।

यो गीतमा अभिनेत्री नीता ढुंगाना र अभिनेता करण वर्माको ससक्त नृत्य छ । नृत्यमा निताको भागभँगी निकै कामुक र आकर्षक छ ।

भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणालाई ठालु तथा महारानीको शैलीमा प्रस्तुत गरिएको छ । जसमा अर्का हस्य कलाकार बुद्दि तामाङ्ग पनि आफ्नै भूमिकामा छन् ।

गीतमा कोशिस क्षत्रीको शब्द तथा संगीत रहेको छ । जसमा मनिषा पोखरेलले स्वर दिएका हुन् । यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

https://www.youtube.com/watch?v=Df75Pjs1_2c

जयराज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र दि कर्माका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

नेपाल यसल चलचित्रलाई भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको यस चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, निशा खतिवडा निर्माण रहेको छ ।

भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को पटकथा र सम्बाद शुशील पोखरेलको हो ।