सिमान्तकाे रमालार्इ प्रश्न, कसरी भनुँ म…


व्युटी न्युज नेपाल

काठमाडाैं १६ असाेज

सिमान्त सान्तोषले गायिका रमा अर्याललार्इ कसरी भनुँ म भनेर प्रश्न गरेका छन्र । अाफुहरूकाे नयाँ गीत ‘कसरी भनु म…’ मा उनले यस्ताे प्रश्न गरेका हुन् । संजय घिमिरेको शब्द, भीम जिसीको सङ्गीत र आमोश तामाङको सङ्गीत संयोजन रहेको सिमान्त र रमाकाे याे गीतको भिडियो सार्वजनिक गरिएकाे छ ।

‘मेरो दिल दुखायौ के पायौ…’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत तीन वर्षदेखि गायन क्षेत्रमा तिल्लन उनका एक दर्जन भन्दा बढी गीत स्रोता/दर्शकको रोजाईमा परेका छन् ।

लोमस पौडेलले निर्देशन गरेको गीतको भिडियोमा चन्द्र र प्रतिक्षा माेडल छन् । राेमाञ्चकारी युगल गीत मिठास बनेकाे छ भने भिडियो पनि राम्रो बनेको छ । अर्जुन सापकोटाले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

सिमान्तकाे ‘तिमी पूजाकी थाली हौ…’ गीत अलिक बढी स्रोता/दर्शकको रोजाइमा परेको गीत हो । गायनमा विभिन्न अवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘कसरी भनु म, जीवन जिउने वहाना हौ तिमी…’ले पनि स्रोता/दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताउँछन् । ‘रमाजी र मैले एउटा राम्रो गीत ल्याएका छौ सुनेर हरेर प्रतिक्रिया दिनुहोला’, उनले भने ।