यस्तो छ गुनगुनको फस्ट लुक्स


व्युटी न्युज नेपाल
काठमाडौ, १५ असोज

फस्ट लुक्सको रुपमा चलचित्र गुनगुनको पोस्टर सार्वजनिक गरिएको छ । ३० कार्तिकमा रिलिज हुने यो चलचित्रको पोस्टरमा फिल्मको मुख्य पात्रहरुलाई समेटिएको छ । अभिनेत्री संचिता लुईटेल लामो समयपछि यो चलचित्रबाट फेरी दर्शकमाझ आउन लागेकी हुन् ।

निर्माण पक्षले सिक्स सिटर र थर्टी बाई फोर्टीको पोष्टर सार्वजनिक गरेको हो । यसको पोष्टरले समेत कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रचारप्रसारलाई अगाडी बढाएको छ ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप से, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

यसमा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको यसका निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । निर्देशनबारे उनले भने, ‘मैले कलाकारिता मार्फत संगालेको अनुभवलाई यसमा निर्माता र निर्देशकको रूपमा प्रयोग गरेको छु । मैले केहि सर्ट फिल्म र भाषाभाषीको फिल्म त निर्माण गरिसकेको छु तर फिचर फिल्म भने पहिलो हो ।’

निर्देशक पुकारका अनुसार गुनगुनमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । प्रेम कथामा आधारित यसफिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन ।