आयो निर्जलाको शिर्ष गीत म त सबैको प्यारी निर्जला…


व्युटी न्युज नेपाल
काठमाडौं १५ असोज

यही १९ असोजबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र निर्जलाको शिर्ष गीत म त सबैको प्यारी निर्जला…को भिडियो रिलिज भएको छ । यो भिडियोलाई साई राम पिक्चर्सले आफ्नो युट्युव च्यानलबाट रिलिज गरेको हो ।

राम रुवालीले लेखेको यो गीतमा बाबुल गिरीको संगीत छ । यो गीतलाई मेलिना राईले गाएकी हुन् । गीतमा अभिनेत्री शुभेच्छा थापाको अभिनय रहेको छ । उनी आफ्ना साथीहरुसँग झरना, खोला नाला, जंगल, पाखा, पहरा लगायत सुन्दर दृष्यमा नाचेकी छिन् । गीत माधुर्य छ । शुभेच्छाको नृत्य पनि त्यत्तिकै आकर्षक छ । यसको नृत्य निर्देशन कमल राईले गरेका हुन् ।

यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् । प्रकाश चन्द्र न्यौपाने निर्मित चलचित्र निर्जला दशैंको अबसर पारेर १९ असोजमा मुलुकका सिनेमा हलहरुमा एकल रिलिज हुँदैछ । जसमा शुभेच्छा थापा, किशारे खतिवडा लगायतको मुख्य भूमिका छ ।