सिटी सेन्टरमा नील डेविड सलुन, दीपक दीपाले गरे उद्घाटन


व्युटी न्युज नेपाल
काठमाडौं १४ असोज

नेपालको सबै भन्दा बढी हेयर स्टाईल सलुनका मालिक तथा हेयर डिजाईन मास्टर नील डेविड कटवालको नयाँ सलून काठमाडौंको सिटी सेन्टरमा पनि सञ्चालनमा आएको छ ।

छक्का पञ्चा–३ का निर्माता तथा अभिनेता दीपकराज गिरी, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र नील डेविड कटवालले संयुक्त रुपमा सलूनको रिबन काटेका हुन् ।

पछिल्लो समय निल डेभिड सलुनको चैन राम्रो रोयल्टीमा बिक्री गदै आएका निलले यो सलूनको सिटी सेन्टरको चेन सलूनलाई युवा उद्यमी आकाश तामाङलाई विक्री गरेका हुन् । आकाशले यो सलुन सञ्चालनमा ल्याएका छन् ।

सूलनको रिबन काट्दै अभिनेता दीपकराज गिरीले कटवालले हेयर स्टाइलको क्षेत्रमा लोभलाग्दो प्रगति गरेको बताए । दीपाश्री निरौलाले पनि नील डेविडलाई शुभकामना दिँदै व्यक्तिलाई सुन्दर देखाउने कलालाई स्वदेशदेखि विदेशसम्म फैलाउन सफल भएकोमा बधाइ दिइन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै  कटवालले नेपालीको मायाकै कारण आफू स्वदेशमा मात्र होइन विदेशमा समेत सक्रिय हुन सफल भएकोमा सबैलाई धन्यवाद दिए । हेयर स्टाईल डिजाईनर कटवालले काठमाडौंका युवा–युवतीदेखि हरेक उमेरका व्यक्तिको आकर्षक गन्तब्य रहेको कमलपोखरीस्थित सिटी सेन्टरमा खुलेको आफ्नो सलुनको नयाँ चेनले केश सज्जा सम्बन्धि सम्पूर्ण सुविधाहरु दिने बताए ।

सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको नील डेविड्स ईन्टरनेशनल यूनिसेक्स सलूनमा अत्याधुनिक प्रविधियुक्त उपकरण, गुणस्तरीय कस्मेटिक तथा प्रशिक्षित हेयर स्टाइलिस्टहरुले सेवा प्रदान गर्ने सञ्चालक आकाश तामाङले दाबी गरे ।