शम्भुजीतको स्वर्णिम सगीतमा टुँडिखेलमा नाचे दर्शक


व्युटी न्युज नेपाल
काठमाडौं, १४ असोज

मेलोडी किङका रुपमा परिचित अग्रज संगीतकारका गीत सँगीतले शनिबार दिउँसो काठमाडौंको टुँडिखेल सँगीतमय बन्यो । दिउँसो ३ बजेबाट बेलुका करिब ६ः३० बजेसम्म दर्शकहरु त्यहाँ उनको संगीतमा झुमे ।

अग्रज संगीतका बासकोटाको ‘शम्भुजीत स्वर्णिम संगीत याात्रा–२०१८’ को प्रारम्भ टुँडिखेलमा भव्य साँगीतिक कार्यक्रम मार्फत गरिएको हो ।

सो कार्यक्रममा करिब दुई दर्जन कलाकारले बासकोटाद्धारा संगीतबद्ध गीतहरु प्रस्तुत गरे । केही कलाकारसँग युगल गायनमा बासकोटा आफैं मञ्चमा उत्रिए ।

बाजे पुस्ताका अग्रज गायक प्रेमध्वज प्रधान देखि नातिनी पुस्ताकी नवोदित गायिका स्मिता दाहालसम्मले आफन स्वरमा बाँसकोटाद्धारा संगीतबद्ध गीत संगीत प्रस्तुत गरे ।

मुलुकमा शान्तिको कामना गर्दै कलाकारले परेवा उडाएको सुरु गरेको यो कार्यक्रमको शुभारम्भमा प्रस्तुत हुनु भएका अग्रज गायक प्रेमध्वज प्रधानले बासकोटाद्धारा स्वरवद्ध तीन ओटा गीत प्रस्तुत गरे । चार दशक अघि रेकर्ड गरिएको नर्तकी बनि अभिनय ग¥यौ…, तिम्रो घुम्टो…र देउरालीमा मायाँ…गीत उनले सुनाए ।

यस्तै आनन्द कार्की र निशा देशारले जनम जनम जिउँलासँगै…गाउँदा दर्शकहरुले तालीले साथ दिए । निशासँगै उमेश पाण्डेले चलचित्र अल्लारेको रातो टिक निधारमा टलक्क टल्कियो…गीत गाउँदा दर्शकहरु ननाचीबस्न सकेनन् ।

राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल ओली जब मञ्चमा उत्रिईन् । दर्शक दीर्घामा रौनकता छायो । ओली र बाँसकोटा स्वयँम्ले बाँजो खे्तमा छड्के सलाम छ…गाउँदा दर्शकहरु प्रया नाच्न पछि परेनन् ।

यस्तै गायक यम बरालले अब चोटहरुले मलाई पिरोल्दैन…गाए । गायिका देविका बन्दनाले यस्तै रहेछ यहाँको चलन…, भरे आउँछु सपनीमा…लगायतका गीत गाउँदा दर्शकबाट ताली बजिरह्यो । गायक अमर तण्डुकारले गाएको धेरै दिन भो तिम्रो झझल्को…, मनोजराजले यो मायाँ के हो आगो हो की पानी…, समपना हो यो मेरो भने…गीत सुनाए ।

युवराज चौलागाईले मन पराउने हजार भेटिन्छन…, सुरज कुमार थापाले अब त यो जिन्दगानी…, सञ्जय तुम्रुकले म त अब रिसाउँछु बोल्दै बोल्दिन…, टिका प्रसाईले चैत मासे खडेरीमा…जस्ता गीत मार्फत कार्यक्रमलाई सँगीतमय तुल्याए ।

यस्तै गायक विश्व नेपालीले के भुँल गरेँ मैले…, यो साईनो मायाँको…जस्ता गीतहरु सुनाए । बानिका प्रधानले गाएको मेरा आशक्तिका…, सुरेश लामाले गाएको एकै नजरमा माया बस्यो है…, जब जब म एक्लो हुन्छु…जस्ता गीतले पनि कार्यक्रममा सहभागी दर्शकलाई झुमायो ।

अग्रज गायक एवम्् संगीतकार शम्भुजीत बासकोटा स्वयम्ले अच्छा लेकिन लन्डनको जाडोले सताउला…सहितका गीत गाउँदा दर्शकहरु नाचेको थिए ।

कार्यक्रममा गीतकार उन्नती बोहरा ‘शिला’को गीतिपुस्तक ‘फर्की आउ शान्ति तिमी’को प्रेमध्वज प्रधान, शम्भुजीत बासकोटा, उन्नती बोहरालगायतले सँयुक्त बिमोचन गरे ।

शम्भुजीत स्वर्णिम सांगीतिक यात्रा आईतबार काठमाडौंको होटल सोल्टीमा साँझ ६ बजेबाट हुने र शोल्टीमा टुँडिखेलमा गाउने सबै कलाकार सहित भारतबाट आएका कलाकार अनुराध पौडवाल, सञ्जिवानी तथा मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, योगेश बैध, राजेश पायल राई, दीपक खरेलसहेतले गाउने कार्यक्रम रहेको आयोजक मिलन मोक्तानले जानकारी गराए ।