व्युटी न्युज नेपाल
काठमाडौ, १४ असोज

देशव्यापी रुपमा सिनेमा हलमा यही ३० असोज फुलपातीबाट प्रदर्शनमा आउने चलचित्र जय भोले केही दिन यताबाट स्कुल तथा कलेज यात्रामा छ । यात्राका क्रममा स्कुल कलेजका विधार्थीहरुसँग यो चलचित्रका कलाकारहरुले प्रत्यक्ष भेटघाटसँगै साक्षात्कार गर्दै आएका छन् ।

यो चलचित्रका अभिनता खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता निर्देशक अशोक शर्मा लगायतको टिमले अहिले स्कुल तथा कलेजमा पुगेर विधार्थीहरुसँग साक्षात्कार गर्दै आएको हो ।

यसै क्रममा जय भोले टिमले शुक्रबारसम्म तीन दिनमा लिटिल एञ्जल हात्तिबन, ग्रान्ड एकेडेमी लगनखेल, प्रिमियर स्कुल सातदोबाटो, युनिक एकेडेमी कुमारीपाटी, ओमेघा कलेज कुमारीपाटी, नेशनल कलेज बालकुमारी, हिमालय कलेज कोटेश्वर, भिएस निकेतन मिनभवन, एसएम कलेज घट्टेकुलो, इपिएस स्कुल मिन भवन, एसिई हाइयर सेकेन्डरी मिन भवन लगायत विभिन्न कलेज तथा स्कुलमा विधार्थीहरुसँग साक्षात्कार गरिसकेका छ ।

यस्तै आईतबारबाट तीन दिनसम्म अरु काठमाडौं उपत्यकाका एक दर्जन भन्दा बढी स्कुल तथा कलेजमा चलचित्र जय भोलेले विधार्थीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको पनि निर्माता निर्देशक शर्माले जानकारी गराएका छन् ।

शर्माका अनुसार दशैंमा सबै स्कुल तथा कलेज विदा हुने भएकाले बिधार्थीहरुले आफुहरुसँग यो चलचित्र हेर्ने प्रतिवद्धता जनाएका छन् । सबैले बिदामा आनन्दसँग यो चलचित्र हेर्न पाउनु भनेर पनि यसपालीको दशैं जय भोलेसँगै भन्ने श्लोगान सहित चलचित्र ल्याएको पनि उनले बताए ।

स्कुल कलेज यात्राका क्रममा चलचित्रबारे विधार्थीहरु हाजिर जवाफ कार्यक्रम सहित विभिन्न पुरस्कार पनि प्रदान गरिँदै आएको छ । विधार्थीहरुसँग स्कुल कलेजमा जय भोले टिमसँग सेल्फी पनि त्यत्तिकै लोकप्रिय हुँदै अएको निर्देशक शर्माले बताए ।