व्युटी न्युज नेपाल
काठमाडौं १३ असोज

कोरियोग्राफर राहुल श्रेष्ठले आफ्नो स्वरमा नयाँ गीत ‘तिमीले बोलेको सुनेर…’ को भिडियो बजारमा ल्याएका छन् ।

उनले यो गीतको भिडियो शुक्रबार विन्ध्यवासिनी म्युजिक च्यानलबाट युट्युव मार्फत बजारमा ल्याएका हुन् ।

भिडियो

यो गीतमा रजत रिजालको शब्द, रबी आरएसको संगीत रहेको छ । गीतको भिडियो निर्देशन पनि राहुल आफैंले गरेका हुन् । भिडियो छायाँकार बीरेन्द्र भट्ट, सम्पादक अनिल राना हुन् ।

यो भिडियोमा राहुलसँगै राजु योञ्जन र नग्मा श्रेष्ठले मोडलिङ गरेका छन् । यसमा बाल कलाकार प्रणव श्रेष्ठले पनि अभिनय गरेका छन् ।