भुवनहरिको धनञ्जयमा पुरुष पीडा


व्युटी न्युज नेपाल
काठमाडौं १३ असोज

यस अघि आमै, सारँगी, रमिला नानी जस्ता सफल उपन्यास ल्याईसकेका आख्यानकार भुवनहरि सिग्देलले आफ्नो नयाँ उपन्यास ‘धनञ्जय’ पाठकमाझ ल्याएका छन् ।

सिग्देलको उपन्यास धनञ्जयको प्रा. डा. माधवप्रसाद पोखरेल, प्रा. राजेन्द्र सुवेदी, डा. रामप्रसाद ज्ञवाली, कथाकार माया ठकुरी र लेखक आफैंले काठमाडौंको कालिकास्थान अबस्थित सर्वनाम थिएटरमा बिमोचन गरे । यो उपन्यासलाई साँग्रिला बुक्सले बजारमा ल्याएको हो । उपन्यासको मूल्या ३७५ रुपैयाँ राखिएको छ ।

कार्यक्रममा बोल्दै बिगतमा नारी प्रधान उपान्यस लेखेकोमा यस पटक आफुलाई पुरुषहरुको पीडालाई धनञ्जयमा उतारेको आख्यानकार सिग्देलले बताए । नजिकिँदै गरेको दशैंको अबसर पारेर यो कृति पाठकमाझ ल्याएको पनि उनले जानकारी गराए ।

कार्यक्रममा बोल्दै प्रा. राजेन्द्र सुवेदीले अहिलेको परिवेस भन्दा यो उपन्यासको कथा धेरै भएको भएको जिकिर गरे । उपन्यासको कथा भट्ट पढ्दा काल्पनिक तर रोचक बनेको उनले बताए ।
प्रा. डा. माधवप्रसाद पोखरेलले एउटा कालखण्डको नेपाली समाजलाई यो उपन्यासले स्मरण गराएको बताए ।

कथाकार मायाँ ठकुरीले पनि नारी जत्तिकै पीडा पुरुषमा हुने भए पनि पुरुषको पीडालाई यसपटक सिग्देलले धनञ्जयमा निकै राम्ररी प्रस्तुत गरेका छन् भनिन् ।

डा. रामप्रसाद ज्ञवालीले हामीले पैसाको पछि लाग्दा धेरैकुरा गुमाउनु पर्छ, त्यसैले पैसासँगै परिवारलाई पनि त्यत्तिकै समय दिनुपर्छ भन्ने पाठ यो उपन्यासले जो कोहीलाई सिकाउँछ भने ।