व्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

छक्का पञ्जा सृँखलामा बिगतमा ससक्त भूमिका निर्वाह गरिसकेका तीन नायिकालाई यस पटक एउटा गीतमा अतिथि भूमिकामा मात्र दर्शकले देख्न पाइने छ । यसरी एउटै गीतमा समेटिने अभिनेत्रीहरुमा प्रियँका कार्की, वर्षा राउत र स्वस्तिमा खड्का रहेका छन् ।

चलचित्रका निर्माता दीपकराज गिरी, दीपश्री निरौलाले यस पटक सिनेमाको कथामा फरक बिषय चयन गरेपछि यी तीन अभिनेत्रीले फिल्मको महत्वपूर्ण भूमिकाबाट फुर्सद पाएका हुन् । एउटा गीतमा उनीहरु अतिथि कलाकारको रुपमा रहेकाले पनि आफुले यी तीन नायिकालाई पोष्टर तथा ट्रेलरमा समेट्न नसेकेको निर्माता एवम् अभिनेता दीपकराज गिरीले बताएका छन् ।

उनीहरुलाई ट्रेलर र पोष्टरमा किन नसमेटेको भनेर पत्रकार देखि दर्शकसम्मको प्रश्न खेप्नु परेपछि यो कुरा खोल्न बाध्य भएको दीपकराजले बताए । यी तीन नायिकालाई सोही कारण पनि ट्रेलर र पोष्टरमा राख्दा अन्याय हुने उनको भनाई छ । आफुहरुले दर्शकले झुक्याउन नचाहेको पनि दीपकराजले प्रस्ट पारेका छन् ।

यस पटक अभिनेत्री दीपिका प्रसाईलाई छक्का पञ्जा ३ मा मुख्य भूमिकामा उतारिएको छ । बिगतमा छक्का पञ्जा सृँखलामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रियँका, वर्षा अतिथिमा सिमित भए पनि उनीहरुले प्रचार प्रसार लगायत यो फिल्मको अन्य क्याम्पिएनमा साथ दिईरहेका छन् ।