पातलीले आईडलमा बेहेसीमा गाएको बताए, यस्तो छ नयाँ गीत


व्युटी न्युज नेपाल
काठमाडौं, २३ भाद्र

नेपाल आईडलको दोस्रो संस्करणमा अडिसन दिएर भाईरल बनेका नरेश पातली केही समय यताबाट चर्चामा छन् ।

हास्यव्याँग्य सृँखला ‘भद्रगोल’मा तीन साता देखि अभिनय गर्दै आएका कारण पनि उनको चर्चा चुलिएको हो । काठमाडौंको बसाईमा एउटा गीत रेकर्ड गरेका उनले आफ्नो नयाँ गीत शनिबार रिलिज गर्ने बताएका छन् । यो गीत रिलिज पछि आफु फेरी धनगढी नै फर्कने योजना उनले सुनाए ।

व्युटी न्युज नेपालसँगको कुराकानीमा नरेशले आफु व्यबसायिक कलाकार नभएकाले भद्रगोलमा अभिनय गर्न गाह्रो भएको अनुभव सुनाए । भद्रगोल सिरियल आफुलाई पहिला देखि नै मन पर्दै आएका कारण खेलेको पनि उनले बताए । अहिले नरेशलाई धेरै ओटा टेली फिल्मबाट अभिनय गर्न र धेरै ओटा रेकर्डिङ स्टुडियोबाट गीत गाउन प्रस्ताव आएको उनले खुलासा गरेका छन् ।

अब आफुले अभिनय सिकेर अभिनय गर्ने र गायन सिकेर मात्र गीत रेकर्ड गर्ने पनि उनले बताए । बझाङबाट एसईईको परीक्षा दिएर धनगढी आएका उनले धनगढीमा ठुलो भिड देखेछन् । त्यहाँ पस्न खोज्दा नपाएपछि प्रतिस्पर्धी भएर आफु भित्र पसेको उनले खुलासा गरे । सो क्रममा नेपाल आईडलको भिडमा भित्र पसिसकेपछि होस गुमेको र अकस्मात मुखबाट उ जितेर गई गीत… फुत्किएको रमाईलो प्रसँग उनले सुनाए । आफुले त्यो गीत गाउँदा त्यसरी हात चलेको पनि थाहा नभएको उनले बताए । पछि आफ्नो भिडियो टिभीमा हेरेर मरुन्जेल हाँसेको पनि उनले खुलासा गरे ।

अहिलेका भाईरल कलाकार नरेश पातलीसँग व्युटी न्युज नेपालका सरिता भारतीले गरेको रमाईलो कुराकानी हेरौं –