रुचाईयो धिरजको इन्टु मिन्टु लन्डनमा, पाँच दिनमा ३.४० करोड


व्युटी न्युज नेपाल
काठमाडौं, ११ असोज

नवोदित अभिनेता धिरज मगरलाई नेपाली दर्शकले रुचाएका छन् । सोही कारण धिरजले अभिनय गरेको चलचित्र इन्टु मिन्टु लन्डनमाले राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रले पाँच दिनमा ३ करोड ४० लाख रुपैयाँ व्यापार ग¥यो भन्दै बुधबार बेलुका काठमाडौंमा यो फिल्मको टिमले केक काटेर व्यबसायिक सफलताको खुसी साटेको छ ।
यसका निर्माता प्रज्ज्वल शमशेर जबराले आफुहरुले सोचको जस्तै राम्रो व्यापार गरेकै कारण इन्टु मिन्टु लन्डनमाको पाँच दिनमा ३ करोड ४० लाख रुपैयाँ हलबाट उठेको दाबी गरे ।

केक समारोह हेर्नु भिडियोमा

यो फिल्मका अभिनेता धिरज मगरले इन्टु मिन्टु लन्डनमा सफल भएपछि आफुलाई एक साता भित्रै ३ ओटा नेपाली फिल्मबाट अभिनयको प्रस्ताव आएको बताए । उनले व्यबसायिक सफलता प्रति खुसी व्यक्त गरे ।

केट काट्दै खुसी साटेको कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित भईनन् । अर्का अभिनेता सारुख ताम्राकारले पनि आफुहरुको मेहनतलाई दर्शकले रुचाएकोमा खुसी छौं भने ।

यसका निर्देशक रिनासा वान्तवा राईले आफुले निर्देशन गरेको पहिलो चलचित्रबाट सफलता हाँसिल गरेको भन्दै यही टिमले अर्को सिनेमा बनाउने योजना सुनाईन् ।