अशोक दर्जी र टंक बुढाथोकी मेरी बास्सैमा, सिरिलयमा छाउँदै भाईरल कलाकार


व्युटी न्युज नेपाल
काठमाडौं, १० असोज

तीन साता यताबाट हास्य प्रधान नेपाली टेली सृँखलालाई थप चर्चामा ल्याउन भाईरल कलाकारको साथ लिन थालिएको छ । यसै क्रममा भद्र गोललाई एक महिना यताबाट नेपाल आईडल सिजन २ को अडिसनमै चयन नभएका नरेश पातली र झक्कड थापालाई भद्र गोलमा उतारेपछि यो हास्य सृँखला अहिले चर्चाको शिखरमा छ ।

यस्तै अर्को हास्य सृँखला मेरी बास्सैमा पनि यसपटक दुई भाईरल कलाकार टंक बुढाथोकी र अशोक दर्जीलाई उतारिएको छ । शुक्रवार प्रशारण भएको मेरी बास्सैको नयाँ एपिसोडमा अशोक देखिएका छन् । ‘मेरी बास्सै’मा उनी गायक टंक बुढाथोकीसँग गीत गाउँदै देखिएका छन् । साथमा बाल गायक एआर बुढाथोकी पनि छन् ।

अशोकले टंक बुढाथोकीसँग मन बिनाको धन ठुलो कि धन बिनाको मन… बोलको गीत सार्वजनिक भएपछि झण्डै तीन महिना युट्युबमा राज गरे । उनको विषयमा बनाइएका हरेक भिडियोहरुले अत्यधिक भ्युज बटुल्नुका साथै सबै जसो भिडियोहरु टे्न्डिङमा आए । भाइरल गायक अशोक विदेशका विभिन्न कार्यक्रममा पनि पुगिसकेका छन् । देश विदेशमा बस्ने नेपालीमा सहयोगमा हाल उनको पक्की घर पनि बनिसकेको छ ।

यसै क्रममा अशोक यतीबेला मेरी बास्सैका कलाकार समेत बनेका छन् । उनलाई भोली मेरी बास्सैसँगै अरु हास्य सृँखलाले पनि कलाकार बनाउने सँभावना अहिले बढीरहेको छ ।