मिस्टर नेपालका प्रतियोगीले देखाए ट्यालेन्ट


व्युटी न्युज नेपाल
काठमाडौं, १० असोज

‘मिष्टर नेपाल २०१८’का प्रतियोगीहरुले ट्यालेन्ट शो अन्तर्गत बुधबार काठमाडौंमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । मिस्टर ट्यालेनट उपाधिका लागि उनीहरुले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण लगायत आफुमा रहेको प्रतिभा देखाए ।

मिष्टर नेपालको चयन यही शनिबार काठमाडौंको होटल अन्नपुर्णमा हुँदैछ । अन्तिम स्पर्धामा १८ प्रतियोगी उपाधिका लागि भिड्दै छन् ।

एक्पोज नेपाल डट कमद्धारा आयोजित यो प्रतियोगितामा काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरबाट छानिन सफल प्रतियोगीहरु छन् । कोरियोग्राफर रोजिन शाक्य, दिक्पाल कार्कीले प्रतियोगीलाई विविध प्रशिक्षण दिएका छन् ।

प्रतियोगीताको अन्तिम तयारी समेत पुरा भएको जानकारी एक्सपोज नेपाल डटकमकी सिइयो अर्चना थापाले दिइन् ।
अर्चनको भनाईमा युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य बोकेको यो पुरुहरुको लागि आयोजना हँुदै आएको नेपालकै ठुलो सौदर्य प्रतियोगीता हो ।

यसको शिर्ष बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर वल्र्ड २०१८’मा समेत सहभागीता जनाउँनेछ । विजेताले मोटर साईकल र अन्य विभिन्न उपहार समेत जित्न सक्नेछन् ।