नाचघरमा नेपाल र बँगलादेशको संस्कृति


व्युटी न्युज नेपाल
काठमाडौं, १० असोज

 सांस्कृतिक संस्थानद्धारा काठमाडौंको जमल स्थित नाचघरमा मँगलबार साँझ आयोजित ‘नेपाल बँगलादेश मैत्री सांस्कृतिक उत्सब तथा अन्तराष्ट्रिय मैत्रीस् अवार्ड–२०७५’ सम्पन्न गरियाे । कार्यक्रममा गीत प्रेमीहरुले एकै थलोमा नेपाल र बँगलादेशका नृत्य एवम् गीत संगीत सुन्ने र हेर्ने अबसर पाए ।

मँगलबार बेलुका सम्पन्न सो कार्यक्रममा सांस्कृतिक संस्थानका तर्फबाट १० जना बँगलादेशी कलाकार र विभिन्न पेशका १५ जना बँगलादेशी बिज्ञलाई अवार्ड अन्तराष्ट्रिय फ्रेन्डसिप अवार्ड प्रदान गरियो । राष्ट्रिय सभाका सदस्य खेम नेपाली, नेपालका लागि बँगलादेशी राजदुत मास्फी बिन्ते साम्स र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गँगाप्रसाद उप्रेतीले सो अवार्ड प्रदान गरेका हुन् ।

यस्तै बँगलादेशका तर्फबाट गँगाप्रसाद उप्रेती, खेम नेपाली, उधोग राई, राजेश थापा, ऋशबदेब घिमिरे र शुभद्रा भट्टराईलाई सम्मान गरियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै नेपालका लागि बँगलादेशी राजदुत मास्फी बिन्ते साम्स यस्तो उत्सबले नेपाल र बँगलादेशीको सम्बन्ध अझ प्रगाढ हुने बताए । संस्थानका महाप्रबन्धक राजेश थापाले दुई देशको संस्कृति आदन प्रदानका लागि यो उत्सब अयोजना गरिएको हो भने ।

सो सास्कृतिक आदन प्रदान कार्यक्रममा नेपाल र बँगलादेशका कलाकारले आफ्ना नृत्य एवम् गीत संगीत प्रस्तुत गरे । संस्थानका अध्यक्ष उधोग राईको सभापतित्वमा सम्पन्न सो उत्सबको शुभारम्भ नेपाली कलाकारहरुको नृत्यबाट भएको थियो । सांस्कृतिक संस्थानका कलाकारहरु शारदा सिलवाल, रेखा कटुवाल, सवनम सिलवाल, माया थापा, शुशिल थापा, गीता थापा लगायतले नृत्य प्रस्तुत गरे ।

लगत्तै बँगलादेशी कलाकार फर्जान लास्मिन हासीले बँगाली गीत प्रस्तुत गरे । यसपछि कार्यक्रममा संस्थानकै कलाकारहरु खर्क बुढा, दुर्गा खतिवडा, तिर्थराज पोखरेल, दीपेन्द्र बज्रचार्यले विविध लोक धुन प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्ध भएका थिए ।
यस्तै अर्का बँगलादेशी कलाकार हिरा नोवशेरले प्रस्तुत गरेको बँगाली गीत पनि आकर्षक थियो । अन्तरा सांगीतिक समूहका तर्फबाट नेपाली कलाकारले प्रस्तुत गरेको नृत्य र गायन पनि त्यत्तिकै आकर्षक थियो ।

यस्तै बँगलादेशी कलाकार अमिरुल स्लाम मोनी, मैत्री सरकार, सामी अख्तर लिजा, सजिब शाह, सुरैया सुल्ताना शिलाले प्रस्तुत गरेको बँगलादेशी लोक नृत्यले पनि उत्सकको आकर्षक बढाएको थियो ।