यस्तो देखियो पोष्टरमा जय भोले


व्युटी न्युज नेपाल
काठमाडौं ९ असोज

चलचित्र जय भोले यही ३० असोजबाट रिलिज हुँदैछ । फुलपातीमा मिति तयसँगै यो चलचित्रको फस्ट लुक्सको सार्वजनिक भएको छ । फस्ट लुक्सको रुपमा निर्माण पक्षले यसको चार ओटा पोष्टर रिलिज गरेको छ ।

निर्माण पक्षले सिक्स सिटरका एउटा र थर्टी बाई फोर्टीको तीन ओटा पोष्टर रिलिज गरेको हो । जय भोलेको पोष्टरमा मास कलाकारलाई महत्व दिईएको छ । जस मध्य सिक्स सिटरमा सबै कलाकार अटाएका छन् । जसमा १४ जना कलाकार समेटिएका छन् । ती १४ मा पनि खगेन्द्र, सौगात र स्वस्तिमालाई बढी महत्व दिईएको छ ।

थर्टी बाई फोर्टीको तीन पोष्टर मध्य दुई ओटा पोष्टर मास बेसको छ । जसमध्य एउटा पोष्टरमा बोलुनको अवधारणामा कलाकारलाई समेटिएको छ ।

थर्टी बाई फोर्टीको सबै पोष्टरमा मुख्य कलाकारलाई समेटिएको छ । थर्टी बाई फोर्टीको एउटा पोष्टरमा खगेन्द्रसँगै सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का र बुद्धी तामाङ समेटिएका छन् । जसमा बुद्धी तामाङलाई रुखमा चढेको देखाईएको छ । अर्को पोष्टरमा पनि सबै कलाकारलाई अटाईएको छ ।

यो चलचित्रलाई अशोक शर्माले निर्माण निर्देशन गरेका हुन् । जसमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द चन्द, रामचन्द्र अधिकारीलगायतले मुख्य भूमिका रहेको छ । राजनराज सिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् ।