एक साथ तीन सौन्दर्य प्रतियोगिता हुँदै


व्युटी न्युज नेपाल
काठमाडौं, ८ असोज

‘मिस्टर एण्ड मिस टिन प्लानेट नेपाल २०१८’, ‘लिटिल मिस्टर एण्ड मिस प्लानेट नेपाल २०१८’ र ‘मिसेस प्लानेट नेपाल २०१८’ गरी तीन ओटा कार्यक्रम एकसाथ आयोजना हुने भएको छ ।
इ प्लानेट नेपालसँगको सहकार्यमा जेनिथ इन्टरटेनमेन्टले यी प्रतियोगिता आयोजना गर्न लागेको हो । यो सौदर्य प्रतियोगीताको आवेदन खुल्ला गरिएको छ ।

प्रतियोगीतामा ८ देखि १८ बर्षसम्मकाले ‘लिटिल मिस्टर एण्ड मिस प्लानेट नेपाल २०१८’, १६ देखि १९ बर्षसम्मकाले ‘मिस्टर एण्ड मिस टिन प्लानेट नेपाल २०१८’ र जुनै उमेरका भएपनि बिबाहित महिलाले मिसेस प्लानेट नेपाल २०१८’मा भाग लिन सक्नेछन् ।

शिर्ष सहित बिभिन्न आधा दर्जन उपशिर्षमा बिजेता छानिनै यी तीनै सौदर्य प्रतियोगिताको बिजेताले विविध पुरस्कारका साथै विभिन्न अबसर पाउने छन् ।