लभ स्टेशनको पशुपतिमा शुभसाईट, छायाँकनको लागि मँगलबार दार्जिलिङ जाँदै


व्युटी न्युज नेपाल
काठमाडौं ८ असोज

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित नयाँ चलचित्र ‘लभ स्टेशन’को सोमबार बिहाने पशुपति मन्दिरको प्राङ्गनमा शुभसाईत गरियो ।

छायाँकन ११ असोजबाट दार्जिलिङ देखि सुरु हुने भएको छ । जसका लागि यो चलचित्रको युनिट ९ असोजमा दार्जिलिङ प्रस्थान गर्नेछ । छायाँकनमा जानु अघि यसको सोमबार मुहुर्त लगरिएको हो ।

रुद्रीपुजा सहित गरिएको शुभ साईतमा अभिनेता प्रदीप खड्का, कलाकारहरु रमेश बुढाथोकी, प्रकाश शाह, रश्मी पाण्डे र रबी डंगोलले मुहुर्त सर्ट दिएका थिए । यो चलचित्रको अन्य कलाकारमा रबी डंगोल, श्रद्धा क्षत्री, सिरु बिष्ट, प्रीया रिजाल, कालु राना, दिनेश काफ्ले, बिनोद कुमार पौडेललगायत छन् ।

चलचित्र लिली बिलीबाट हिट बनेका जोडी प्रदीप र सजिता लभ स्टेशनमा पनि जोडी बनेर आउन लागेका हुन् । अभिनेता प्रदीपले लिली बिलीमा आफु र जसिताको जोडीलाई दर्शकले निकै रुचाउनु भएकाले यसपटक लभ स्टेशनमा पनि आफुहरु जोडीको रुपमा प्रस्तुत हुन लागेको हो भने । प्रेमकथामा आधारित भए पनि बिगतका सिनेमा भन्दा यो चलचित्रमा आफ्नो भूमिका फरक हुने पनि पस्ट पारे ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । यो चलचित्र प्रेमकथा र सामाजिक कथामा आधारित रहने निर्देशक घिमिरेले बताए । चलचित्रको छायाँकन ४५ दिनमा सक्ने लक्ष्य रहेको पनि उनले जानकारी गराए । चलचित्रको कथा पटकथा सम्बाद उज्ज्वल र सुवास सिंह बस्न्यातको हो ।

लभ स्टेशनमा अग्रज संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, अर्जुन पोखरेल र एलिस कार्कीको संगीत, बिक्रम स्वांर र शिशिर खातीको नृत्य निर्देेशन, आलोक शुक्लको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहने छ ।

यो चलचित्रलाई काफिया फिम्स्को व्यानरमा गोविन्द शाहीले बनाउँदै छन् । जसमा काफिया शाही ‘कृशु’ र कविर विक्रम शाही निर्माता छन् ।

चलचित्रको छायाँकन नेपालको पशुपतिनगर सहित भारतको दार्जिलिङ, कालिङपोङ, सिक्किम, सिलगुढी, मिरिकमा हुने पनि उनले जानकारी गराए । आगामी फागुनको अन्तिम सातामा रिलिज लक्ष्य लिईएको छ ।