‘जम्बोरी नाइट’का लागि मोडल चयन


व्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज

यही २६ असोजमा काठमाडौंमामा आयोजना हुने ‘जम्बोरी नाइट फेसन शो तथा म्युजिकल नाइट’का लागि मोडल चयन गरिएको छ ।

फेसन नाइटका लागि आइतबार राजधानीमा मोडलहरुको अडिशन लिइएको छ । सो अडिशनबाट १२ जना व्यवसायी फिमेल मोडलहरु छनोट भएका छन् । अडिशन दिन आएका ४० भन्दा बढी मोडलबाट ती मोडलहरु छनोट गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार छनोट भएका मोडलहरुलाई रिर्हसल गराई स्टेजमा प्रस्तुत गरिने छ ।

प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको यस कार्यक्रममा विभिन्न डिजाइनरको क्रियटिभमा पहिरनमा मोडलहरु ¥याम्पमा प्रस्तुत हुँदैछन् ।

ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लवमा हुने यो फेसन तथा म्युजिकल नाइटमा जोजोलप्पा कलेक्शनकी प्रतिमा महर्जन, मृगातृष्णा बुटिककी तृष्णा गुरुङ तथा आईआईएफटीका प्रमिला उप्रेती, सनम लामिछाने, अमृता श्रेष्ठलगायतका फेसन डिजाइनरहरुको क्रियटिभ पहिरनमा एक दर्जन मोडलहरुले ¥याम्प शो गर्नेछन् ।

इमेन्ट निर्देशक तथा मोडल विपना थापाका अनुसार सो कार्यक्रममा विभिन्न गायक÷गायिकाको प्रस्तुती रहने छ । उनले जम्बोरी नाइट फेसन र म्युजिकको फ्युजन कार्यक्रम भएको बताएकी छिन् ।