‘दि कर्मा’को फर्स्ट लुक, ७ मंसिरमा फिल्म रिलिज


व्युटी न्युज नेपाल
काठमाडौ, ५ असोज

चलचित्र ‘दि कर्मा’ को फर्स्टलुक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको फिल्म आगामी ७ मंसिरमा रिलिज गरिने भएको छ ।
करण ’मिस्टर इन्डिया २०१७’ का विजेता हुन् । फिल्म एक्सन प्याक्ड रहेको फस्टलुक भिडियो ससक्त छ । उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर फस्टलुक तयार पारिएको छ । उनी एङग्री लुक्समा प्रस्तुत छन् ।

https://www.youtube.com/watch?v=wxkAZO3YeMY

जय राज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको यो चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

फिल्मका गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।
जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।