व्युटी न्युज नेपाल
काठमाडौं, ५ असोज

चलचित्र ‘निर्जला’ यो दशैंलाई लक्षित गरेर १९ असोजमा रिलिज हुने भएपछि यसमा नयाँ दशै गीत समावेश गरिएको छ । यस पालीको दशैंमा…बोलको यो गीतको भिडियो राजधानीमा एक समारोहबीच रिलिज गरिएको छ । राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण निर्जला बनेको हो ।

दशैको अबसर पारेर प्रदर्शन गर्न लागीएको फिल्मको सो गीत बाबुल गिरी र सुजता बर्माले गाएका हुन् । बाबुलकै संगीत रहेको गीत दिनेश सुवेदीले लेखेका हुन् । कमल राईले कोरियोग्राफी गरेको गीतमा फिल्मका सबै प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ ।

भिडियो सार्वजनिक समारोहमा निर्देशक गिरीले ‘निर्जला’ आफ्ना बिगतका फिल्मभन्दा निकै भिन्न र समाजीक कथामा रहेको बताए । त्यसैगरी, अभिनेता किशोर खतिवडा र अभिनेत्री शुभेच्छा थापाले नारी प्रदान फिल्म भएकाले सबैले हेर्नु पर्ने धारणा राखे ।

निर्माता न्यौपानले ‘निर्जला’ निकै राम्रो फिल्म बनेकाले दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे । उनले आफूहरुले दर्शकलाई दशैको कोसेली स्वरुप ‘निर्जला’ पस्कन लागेको बताए ।

केही समयअघि भाले मोटर… बोलको गीत सार्वजनीक गरिएको थियो । सो गीतको भिडियो अहिले चर्चामा छ । बिहीबार राजधानीमा प्रेसमिट गरि सार्वजनिक गरिएको यसपालीको दशैमा… गीत दर्शकलाई मन पर्ने खालको छ । गीतमा दशैको रमझम प्रस्तुत गरिएको छ ।

फिल्ममा किशोर र शुभेच्छाका साथमा श्याम राई, सुरवीर पण्डित, निक शर्मा,राजकुमार थापा,पल्पसा डंगोल, रश्मी भट्टलगायतका कलाकारको अभिनय छ । रबि कोइरालाले खिचेको फिल्म तारा थापा किम्भले सम्पादन गरेका हुन ।