६ दर्जन हलमा बाँध मायाँले


रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं ५ असोज

पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ अभिनित तेस्रो ‘बाँध मायाले’ शुक्रबारबाट मुलुकका करिब ६ दर्जन सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ ।

चलचित्र ‘बाँध मायाले’ पनि त्रिकोणात्मक कथामा आधारित रहेको यसका निर्देशक सविर श्रेष्ठले व्युटी न्युज नेपाललाई बताए । समाजमा देखिरहेका प्रेमसम्बन्धलाई नयाँ धारबाट आफुले प्रस्तुत गरेको यसका निर्देशक श्रेष्ठले बताए ।

यो चलचित्रमा मुख्य अभिनेत्री सृष्टी श्रेष्ठसँग अभिनेता आर्यन अधिकारी र नव अभिनेता किशोर खड्काको प्रेम सम्बन्ध देख्न देखाईएको छ ।

अभिनेत्री सृष्टीका अनुसार यो उनको तेस्रो चलचित्र हो । जसमा आफुले अनाथ आश्रममा हुर्किएकी एक युवतीले जीवनसँग गरेको सँघर्ष र त्यसको प्राप्तिमा केन्द्रित भूमिका निर्वाह गरेको उनले बताएकी छिन् । यो भूमिकाको लागि विभिन्न अनाथ बालबालिका तथा किशोरीहरुले भेटेर आफुले यसबारे अध्ययन गरेपछि बल्ल यो चरित्रलाई न्यय दिएको पनि उनले बताएकी छिन् ।

आर्यनले पनि यसमा आफु एउटा कामकाजी युवा एवम् प्रेमीको भूमिकामा रहेको बताएका छन् । बिगतका सिनेमामा एक्सन प्रधान भूमिका निभाउँदा आएका उनले यसपटक प्रेमिल भूमिका आफु रहेको जानकारी गराएका छन् । आफु लभ स्टोरीमा पनि त्यत्तिकै सफल छु भनेर यो चलचित्रले प्रमाणित गर्ने उनको भनाई छ ।

अर्का अभिनेता किशोरले पनि केही वर्ष थिएटरमा काम गरेपछि बाँध मायालेबाट चलचित्र यात्रा सुरु गरेको बताएका छन् । आफु भन्दा अग्रज दुई कलाकारसँग काम गर्दा धेरैकुरा सिक्ने अबसर पाएको किशोरले बताए ।