इन्टु मिन्टु लन्डनमाको भव्य प्रिमियर


रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं ५ असोज

शुक्रबारबाट चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ देशव्यापी प्रदर्शनमा आएको छ । यस अघि कोरियोग्राफी गर्दै आएकी रिनासा वान्तवा राईले इन्टु मिन्टु लन्डनमाको निर्देशन गरेकी हुन् ।

प्रदर्शन अघि चलचित्र इन्टु मिन्टु लन्डनमाको बिहिबार बेलुका काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा ‘रेडक कार्पेट प्रिमियर’ गरियो । सिटरी सेन्टरको गेटबाटै रेड कार्पेट राखिएको थियो । प्रिमियर भव्य बनेको थियो । प्रिमियरमा चलचित्रकर्मीदेखि सञ्चारकर्मीसम्मको उल्लेख्य उपस्थिति थियो ।

यो चलचित्रमा लन्डनका आकर्षक दृष्यहरु दर्शकले मन पराए । फिल्म राम्रो बनेको प्रतिक्रिया सिनेकर्मीदेखि सञ्चारकर्मीसम्मले विहिबार बेलुका दिए । व्लगरको रुपमा परिचित इन्टु मिन्टु लन्डनमाबाट डेब्यु गरेका धिरज मगरको काम पनि यो चलचित्रमा रुचाईयो ।

त्रिकोणात्मक प्रेम कथामा आधारित इन्टु मिन्टु लन्डनमाको बहुसँख्यक छायाँकन लन्डनमै गरिएको थियो । लन्डनमा बस्ने एक नेपाली युवा (धिरज मगर) सँग लन्डन पुगेकी एक नेपाली युवती (साम्राज्ञी राज्यलक्ष्मी शाह)को प्रेमकथामा यो चलचित्र केन्द्रित छ । यी दुईको प्रेममा बाधक बनेर पारिवारिक सम्बन्धका कारण ती युवतीसँग प्रेमसँगै विवाह गर्ने आउने अर्का युवा (सारुक ताम्राकार) बिरुद्व नायिकाको द्वन्द्वमा यो चलचित्र रुमलिएको छ ।

प्रभु शमशेर जवरा र प्रज्वल शमेशर जवराले निर्माण गरेको यो चलचित्रमा धिरज, साम्राज्ञी, सारुकसँगै बिजय लामा, रुवी राणा शाह, दिल भूषण पाठक लगायतको अभिनय छ । यो चलचित्र मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा शुक्रबारबाट प्रदर्शनमा आएको छ ।