आँचलको पछि लाग्दै डिआइडीका सुजन मार्फा र भिमफेदी गाईज


व्युटी न्युज नेपाल
काठमाडौं ४ असोज

अभिनेत्री आँचल शर्मासँग पछिल्लो समय फिल्म छैन् । उनी म्युजिक भिडियोमा व्यस्त हुन थालेकी छिन् । यसै क्रममा उनी रेलिमाइ…गीतको भिडियोमा भारतको चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ्क (एलिड २० क्रिउ) र भिमफेदी गाईजसँग प्रस्तुत भएकी छिन् । यी दुई गु्रप पहिलोपटक एउटै म्युजिक भिडियोमा प्रस्तुत हुँदा उनीहरुको आकर्षक आँचल बनेकी हुन् ।

गीतको भिडियोमा नेपालका चर्चित दुई डान्स ग्रुपका साथ आँचलले पहिलोपटक अभिनय गरेकी हुन् । दुई डान्स ग्रुप एकसाथ देखिएको यो पहिलो पटक हो । रबिन्द्र बरालको छांयाकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।

रेलिमाई गीतलाई एसदिप मुभिजले बजारमा ल्याएको हो । भिडियोमा दुई ग्रुपसंग नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन् । दिपक आचार्यको शब्द तथा मिष्टर आर.जे. को संगीत रहेको गीतमा महेश भडारी र मिष्टर आर.जे.को स्वर रहेको छ ।