छक्का पञ्जा ३ को आयो पहिलो पोष्टर


व्युटी न्युज नेपाल
काठमाडौं ४ असोज

आगामी दशैंमा रिलिज गरिने चलचित्र छक्का पञ्जा ३ को नयाँ पोष्टर निर्माण पक्षले सार्वजनिक गरेको छ । बिगतका पोष्टरहरुमा छक्का पञ्जाका कलाकारहरु हास्य भावमा देखिन्थे ।

तर छक्का पञ्जा ३ को पहिलो पोष्टरमा सबै कलाकारहरु कुनै कार्यालयको कर्मचारी तथा शिक्षक जस्तो औपचारिक परिहनमा छन् । यो पोशाकले उनीहरु अफिसरको भूमिकामा भएको दर्शाउँछ ।

पोष्टरमा जितु नेपाल, दीपकराज गिरी, दीपिका प्रसाई, बुद्धी तामाङ र केदार घिमिरे क्रमस समेटिएका छन् । फिल्मकी अर्की नायिका प्रियँका कार्की, वर्षा राउत पोष्टरमा देखिएका छैनन् ।

यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रको निर्मातामा दीपक, दीपा, जितु नेपाल, सुमन गिरी भान्जा, किरण केसी, शिवहरि पौडेल, केदार घिमिरे, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनियाँ, केशव न्यौपानेलगायत छन् ।