भुनियाँकाे नृत्यले लठ्ठ पोखरेली दुनियाँ


व्युटी न्युज नेपाल
काठमाडौं ३ असोज

मोडल तथा नृत्यँगना हरिशा बानियाँ (भुनियाँ)ले आफ्नो ग्लामर नृत्यबाट दर्शकलाई मन्त्रमुग्ध पार्दै आएकी छिन् ।

यसै क्रममा उनले गएको शनिबार पोखराको लेकसाइडस्थित ब्यन्जन रेस्टुरेन्टले आयोजना गरेको ‘रेन्टरटेन्मेन्ट’ सिजन् ५ ले साकिराको गीतमा बेले डान्स मार्फत दर्शक मन्त्रमुग्ध तुल्याईन् ।

उनको बोल्ड एक्स्प्रेशन सहितको ग्लामर डान्सले कृत्रिम वर्षातमा पोखरेली युवाहरु झुमेका थिए । उनीहरु भुनियाँको कामुक नृत्यमा लठ्ठ देखिए । त्यो नृत्य एवम् सांगीतिक दृष्य साह्रै लोभ लाग्दो थियो ।

भुनियाँको नृत्यलाई पोखरेलीले वान्स मोर भन्दै पटक पटक अनुरोध गरे । तर उनी कार्यक्रमका विशेष प्रस्तोता भएका कारण एउटै नृत्यले सबैको मन जितिन् । उनको नृत्यलाई तस्बिरमा पोखराका फोटोग्राफरले यसरी उतारे ।