काजलको जन्मदिनमा नाचिन दीपाश्री, काजल क्रियसन ५ वर्षमा


व्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

फेशन डिजाईनर काजल शर्माको ललितपुरको कुपन्डोलमा रहेको फेसन बुटिक ‘काजल क्रियसन’ काजलको जन्मदिनमा नाचिन दीपाश्री, काजल क्रियसन ५ वर्षमा प्रवेश गरेको छ । फेशन डिजाईनर काजलले चार वर्ष अघि आफ्नो जन्मदिनको अबसर पारेर काजल क्रियसन सञ्चालनमा ल्याएकी थिईन् । उनी दीपाश्री निरौला सहित विभिन्न चलचित्र अभिनेत्री तथा मोडलहरुको अफिसियल फेशन डिजाईनर हुन् ।

यिनै डिजाईनरले आफ्नो जन्मदिन तथा काजल क्रियसनको वार्षिक उत्सब काठमाडौंमा एक समारोहबीच केक काटेर मनाएकी छिन् । सोमबार राती काठमाडौंको लाजिमपाट स्थित ग्रीन लिभ रेस्टुरेन्टमा उनले केक काटेर जन्मउत्सब तथा काजल क्रियसनको वार्षिक उत्सब मनाएकी हुन् । सो वार्षिक उत्सब तथा जन्म उत्सब कार्यक्रममा अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला, अभिनेत्री खुस्बु खड्का, अग्रज गायक आनन्द कार्की, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल अतिथि थिए ।

यस्तै बरिष्ट व्युटिसियन सोनी कारञ्जित, रश्मिला श्रेष्ठ, प्रकाश कुमार श्रेष्ठ, रुश्का श्रेष्ठ, मिसेस नेपाल क्वीन निकिता पाण्डे, नेचल इसेन्स नेपालका कन्ट्री डिरेक्टर रमेश उप्रेतीलगायत अतिथिहरु थिए ।

dav

कार्यक्रममा गायक आनन्द कार्की, रामचन्द्र काफ्ले, गायिका जुनु रिजालले केही चर्चित गीत प्रस्तुत गरेर समारोहलाई संगीतमय तुल्याए । यस्तै फेशन डिजाईनर काजलसँगै अभिनेत्री दीपाश्री निरौला, खुस्बु खड्का लगायतले आकर्षक नाचगान सहित वर्षिक उत्सब तथा जन्मदिनमा रमाईलो गरे ।

तस्बिर – व्युटी न्युज नेपाल