जयन सुब्बा मानन्धर / व्युटी न्युज नेपाल
काठमाडौं २ असोज

पहिलो नेपाली ट्रान्स सुपर मोडल अञ्जली लामाले भारतमा सम्पन्न लेक्मी फेशन वीक २०१८ मा र्याम्पमा क्याटवाक गर्दै तहल्का मच्चाएकी छिन् ।

लेक्मी फेशन विक २०१८ मा नेपाली सुपर मोडेल अन्जली जब रेड सेक्सी अवतारमा र्याम्पमा क्याटवाकमा उत्रिइन् । त्यतिबेला सबैले वाहवाही गर्दै सिट्ठी र तालीले स्वागत गरेका छन् ।

उनको यो अवतार लेक्मी फेशन विक २०१८ ग्राण्ड फिनालको हो । यसै दिन बलिवुड चर्चित अभिनेत्री करिना कपुर शो स्टपर्सको रुपमा अञ्जलीकै शोमा र्याम्पमा उत्रिईन् । र्याम्पमा अन्जली लामाले सेक्सी अबतारले करिना कपुर पनि प्रभावित भईन् । सोही क्रममा करिना र अञ्जलीले सँगै अँकमाल गरे ।

यसरी तस्बिरमा करिना कपुरसँग अन्जली लामा निकै आकर्षक देखिएकी छिन् । फेशन शोका तस्बिर अञ्जलीले आफ्नो इन्स्टाग्राम र फेसबुकमा शेयर गरेकी छिन् ।