मोडल प्रगतीको मिस नेपाल बन्ने चाहना


जयन सुब्बा मानन्धर
काठमाडौं, २ असोज

मोडल प्रगति श्रेष्ठ पछिल्लो समय मोडलिङमा व्यस्त छिन् । उनी पहिलो ‘मिस बी बी ए’ हुन ।

५ फिट ६ इन्च उचाई की २१ बर्षीय प्रगति आत्मबिश्वास बढाउन को लागि १९ बर्षको हुँदा उनी मिस बी बी एमा सहभागी भएकी थिइन् ।

अब प्रगतिले मिस नेपालमा सहभागी भै ग्लामर क्षेत्रमा आफ्नो पहिचान बनाउने लक्ष्य बोकेकी छिन् ।

यो दुई बर्षको अवधिमा उनले २ दर्जन र्याम्प शो, टिभीसी , फेशन शुट, म्युजिक भिडीयो, टेलिभिजनबाट आउने फेशन कार्यक्रममा मोडलको रुपमा काम गरिसकेकी छिन् ।

मिस बी बी ए को ताज जितेपछि उनलाई मोडेलिङ क्षेत्रमा केही गर्छु भन्ने सोच आयो र त्यसै अनुरुप उनी रन वे शो मा ब्यस्त बन्न थालेकी हुन् ।

सबै प्रकारको मोडिलङमा अनुभव उनलाई सबैभन्दा बढी र्याम्प क्याट वाक नै मनपर्छ । पढाई संगसँगै मोडेलिङलाई उनले निरन्तरता दिईरहेकी छिन् ।