महिमाको तन मनमा माया जागेपछि


व्युटी न्युज नेपाल
काठमाडौं २ असोज
अभिनेत्री महिला सिलवाल जाग्यो यो मनमा माया जाग्यो भन्दै नाचेकी छिन् । गायक सानु स्याङ्वा(ह्याल्मो)ले आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो…’ बजारमा ल्याएका छन् । यही गीतमा उनी नाचेकी हुन् ।

महिमा सिलवाल र अभिनेता महेश दुधराजले जिवन्त अभिनय गरेका छन् । महेशले महिमालाई जाग्यो यो मनमा माया जाग्यो भनेर भनिएको छ । काठमाडौको आसपासमा खिचिएको भिडियोमा सुन्दर दृश्य देख्न सकिने छ ।

https://www.youtube.com/watch?v=QKcs8Ja3G1E&feature=share

महेशले यो गीतमा अभिनय गर्दा निकै रमाइलो भएको बताएका छन् । गीतको म्युजिक भिडियोलाई हरि वाग्लेले निर्देशन गरेका छन् । जसमा रवि कोइरालाको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन छ । गायक तथा संगीतकार सानु स्याङ्वा(ह्याल्मो)को स्वरबद्ध गीतलाई उनैले लेखेका हुन ।

एक्लो एकान्तमा…, यो मनले तिमीलाई मन पराइसक्यो…, म त आएँ सुन प्रिय…उनका चलेका गीतहरु हुन । मेरो प्यारो भाई, लगायत आधा दर्जन फिल्मका गीतमा स्वर दिइसकेका छन् ।