सँगै जुध्ने साम्राज्ञीलाई सृष्टीले भनिन,‘साम्राज्ञीलाई शुभकामना’


व्युटी न्युज नेपाल
काठमाडौं १ असोज

पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ आफ्नो तेस्रो सिनेमा ‘बाँध मायाले’बाट ५ असोजदेखि दर्शकमाझ आउँदैछिन् ।

आफुले चलचित्र बाँध मायालेमा अनाथ युवतीको भूमिका निर्वाह गरेको सृष्टीले खुलासा गरिन् । बिगतका सिनेमा भन्दा यसपटक आफ्नो भूमिका फरक भएको दाबी पनि गरिन् ।

५ असोजबाटै यो फिल्मसँगै अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ रिलिज हुँदैछ । यसरी आफुसँग साम्राज्ञी इन्टु मिन्टुबाट जुध्न आउँदा अभिनेत्री सृष्टी कत्ति पनि आँत्तिएकी छैनन् । उनले हाँस्दै भनिन्,‘साम्रज्ञीको फिल्म पनि त्यत्तिकै सफल होस् । उनलाई मेरो शुभकामना छ ।’

फिल्म बाँध मायालेमा आर्यन अधिकारीकी प्रेमिका बनेकी सृष्टीको केही समययताबाट अभिनेता सौगात मल्लसँग प्रेम सम्बन्ध रहँदै आएको छ । तर यो कुरा यी अभिनेत्रीले व्युटी न्युज नेपालसँगको कुराकानीमा खोल्न चाहिनन् ।

अभिनेत्री सृष्टीसँग व्युटी न्युज नेपालका संरक्षक डब्बु क्षत्रीले उनको फिल्मी यात्रा, प्रेम सम्बन्ध, विभिन्न भोगाई, अन्यसँगको प्रतिस्पर्धा र चलचित्र बाँध मायालेको विषयमा गरेको भिडियो अन्तवार्ता यहाँ प्रस्तुत गरिएको छ –