बलिउड अभिनेता गोविन्दालाई काठमाडौं मनपर्छ


व्युटी न्युज नेपाल
काठमाडौं, ३० भाद्र

बलिउड अभिनेता गोविन्दाले आफुलाई काठमाडौं साह्रै मनपर्ने बताएका छन् । शुक्रबार काठमाडौं आएका गोविन्दाले सञ्चारकर्मीसँग यसो भनेका हुन् । यस अघि काठमाडौंमा दुई ओटा फिल्मको सुटिङ समेत गरेका गोविन्दाले आफ्नो ससुराली भक्तपुर भएकाले पनि काठमाडौं आईरहने गरेको बताएका छन् ।

गोविन्दा शनिबार अपरान्ह उनी मुम्बईबाट तीन दिनका लागि काठमाडौं आएका हुन् । सिने सर्कल नेपालले आईतबार काठमाडौंमा आयोजना गर्न लागेको ‘एलजी सिनेसर्कल अवार्डस्–२०७५’को मुख्य अतिथिका रुपमा आफु काठमाडौं आएको उनले बताए ।

शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल आएपछि उनलाई सिने कर्लर नेपालका अध्यक्ष एवम् अवार्ड आयोजक दिनेश डिसी र चौधरी गु्रपका बरुण चौधरीले स्वागत गरेका थिए । सोही क्रममा विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यसपटक अवार्ड समारोहसँगै पारिवारिक भेटघाटमा समेत व्यस्त रहने बताए ।

एलजी सिनेसर्कल अवार्डस्–२०७५’ सोमबार २ः३० बजेबाट काठमाडौंको त्रिपुरेश्वर स्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुँदैछ ।