व्युटी न्युज नेपाल
काठमाडौं ३० भाद्र

गाजल गायक आनन्द कार्कीले शुक्रबार बेलुका ललितपुरको ग्वार्को स्थित ‘सिम्प्ली द वेस्ट रेष्टुरेन्ट वीथ लाईभ म्युजिक एन्ड सेकुवा कर्नर’ उद्घाटन गरे । लाईभ म्युजक सेकुवा कर्नर भएका कारण गायक आनन्द कार्की र गीतकार रोशन भद्वराईले रिवन काटेर संयुक्त उद्घाटन गरे ।

समारोहमै आफ्ना आधा दर्जन गीत सुनाएर दर्शकको मन जिते । उनले कर्नर सञ्चालक निरौलालाई बधाई ज्ञापन गर्दै आफु संगीतकर्मी भएको र प्रत्यक्ष गायन सहितको यो सेकुवा कर्नर खोलेकाले आफु यहाँ निरन्तर आउने पनि उनले बताए ।

यो सेकुवा कर्नरलाई संजीव निरौलाले सञ्चालनमा ल्याएका हुन् । संगीत पारखीहरुलाई संगीतको मजा लिँदै खानाको मिठो स्वादका लागि आफुले म्युजिक एन्ड सेकुवा कर्नर सञ्चालनमा ल्याएको सञ्जिबले बताए ।

चाईनिज, इन्डियन, नेपाली तथा कन्टिनेन्टर स्वादका पारखी जो कोहीलाई पनि यो कर्नरले मिठो स्वाद पस्केर मन जित्ने पनि उनले बताए । पारिवारिक जमघटलाई समेत लक्षित गरेर विभिन्न अफ्फर सहित यो सेकुवा कर्नर सञ्चालनमा ल्याएको पनि उनले बताए ।

यस्तै नियमित कलाकार तथा अतिथि कलाकारबाट आफुहरुले यो कर्नरमा नियमित लाईभ म्युजिक कार्यक्रम राख्ने पनि निरौलाले जानकारी गराए ।