कोपिला र श्याम मिस एण्ड मिस्टर प्लस टु स्टार,


व्युटी न्युज नेपाल

काठमाडौं ३० भाद्र

 मिस एण्ड मिस्टर प्लस टु स्टारको ग्राण्ड फिनाले भव्यताका साथ सम्पन्न भएको छ । पहिलो मिस एण्ड मिस्टर प्लस टु स्टार को उपाधी महिला तर्फ  कोपिला अधिकारी, फस्ट रनर अप आश्मा दुलाल, सेकेन्ड रनरप पूजा लिम्बु भएकी छिन । पुरुष तर्फ बिजेता श्याम प्रधान, फस्ट रनरप अंकित मानन्धर, सेकेण्ड रनर अप सँगीत लामा भएका छन ।

ग्राण्ड फिनाले पश्चात वरिष्ठ गायक आनन्द कार्की एकल साँझ सुरु भएको थियो । रातको करीब ११ बजेसम्म भएको लाईभ ब्याण्ड सहितको कार्यक्रममा कार्कीले  आफ्ना बिभिन्न चर्चित गीतहरु दर्शक माझ प्रस्तुत गरेका थिए ।

 फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको उक्त शैक्षिक सौन्दर्य प्रतियोगिता परिवर्तन इभेन्ट हाउसले आयोजना गरेको हो । परिवर्तन इभेन्ट हाउसकी अध्यक्ष सोनिया जि आरले आगामी दिनमा अझै यस्तै कार्यक्रम गर्ने बताइन ।

कार्यक्रममा बाबा एडुकेसनल कन्सल्टेन्सीका अध्यक्ष राजेन्द्र कुमार शर्मा सभापती एवम् गायक आनन्द कार्की मुख्य अतिथिको रहेको यसमा निर्णायक मण्डलमा गायक बीरेन्द्र श्रेष्ठ, डा. नवल पजियार,  नेपाल टेलिभिजनकी कार्यक्रम सन्चालिका निता सापकोटा, प्याब्सनकी उपाध्यक्ष दिपिका रिमाल थापा, हेमा अधिकारी थिए ।

अरु सब  टाइटल बिजेता :

Miss Popular : Upashana Timilsina
Mr. Popular : Aashish Singh Thakuri
Mr. Organizer Choice : Samikshya Shah
Mr. Photogenic : Shyam Pradhan
Miss Photogenic : Divyansu Baral
Miss Talent : Kopila Adhikari
Mr. Talent Dipan Kalakheti
MIss Best Walk : Aaradhya Giri
Miss Best Skin : Agrita Ghurasaini
Miss Smile : Aarati Baraili
Mr. Charming : Sangit Lama
Mr. Personality : Ankit Manandhar
Mr. Active : Bibek Siwakoti
MIss Best Hair : Rashmi Sadashanker
Miss Viewers Choice : Aashma Dulal
Miss Best Dress : Upashna Timalsina
Miss Discipline : Simran Sunar
Miss Organizer Choice : Anupa Regmi
Miss Social Service : Puja Limbu
Miss Most Active Volunteer : Aashma Dulal