व्युटी न्युज नेपाल
काठमाडौं २९ भाद्र

यही ५ असोजमा रिलिज हुने चलचित्र ‘बाँधमायाले’को तेश्रो गीत सँगसँगै…युट्युवबाट सार्वजनिक गरिएको छ । अभिनेत्री सृष्टि श्रेष्ठ र नव अभिनेता किशोर खड्काको यो गीतमा रोमान्स देख्न पाईन्छ ।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा अञ्जु पन्त र सुगम पोखरेलले सुमधुर स्वर दिएका छन् । गीतको शब्द पनि संगीतकार पोखरेलले नै लेखेका हुन् ।

कोरियोग्राफर रामजी लामिछानेले गीतको भिडियोलाई सुन्दर कोरियोग्राफी गरेका छन् । यो रोमान्टिक गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास यसका निर्देशक सविर श्रेष्ठको छ ।

यसअघि सार्वजनिक गरिएको बाँधमायाले….शिर्ष गीतलाई रुचाइएको सविर श्रेष्ठले बताए । फिल्म बाँधमायालेमा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । नव अभिनेता किशोर खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रविनप्रताप सेनको पनि मुख्य भूमिका छ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको यो चलचित्रमा केदार धिताल कार्यकारी निर्माताको रुपमा छन् । यसका सहनिर्माता महेन्द्र अधिकारी हुन् ।