२७ वर्ष लागिन निता ढुँगाना, मनाईन जन्मदिन


व्युटी न्युज नेपाल
काठमाडौं २९ भाद्र

अभिनेत्री निता ढुँगानाले शुक्रबार बेलुका आफ्नो जन्मदिन एक विशेष कार्यक्रमको आयोजना गर्दै केक काटेर नाचगान सहित मनाएकी छिन् ।

काठमाडौंको लाजिमपाट स्थित होटल हिमालयमा केक काट्दै उनले आफ्नो २६ औं जमोत्सब मनाएकी हुन् । यो जन्मोत्सबसँगै अभिनेत्री निता २७ वर्षमा लागेकी छिन् ।

उनको जन्मोत्सब कार्यक्रममा छक्का पञ्जा ३ का अभिनेता निर्माता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता सरोज खनाल, आर्यन अधिकारी, कलाकार अनुराग कुँवर, विशाल पहाडी, अभिनेत्री सुष्मा कार्की, नृत्य निर्देशक गोविन्द राईसहित विभिन्न सिनेकर्मी, अन्य पेशासँग सम्बन्धित व्यक्तिहरु तथा पारिवारिक जमघट थियो ।

केहीवर्ष यताबाट आफुले जन्मदिन मनाउँदै आएको र सोही क्रममा यसपटक पनि कार्यक्रम आयोजना गरेर जन्मदिन मनाएको अभिनेत्री निताले बताईन् । कार्यक्रममा केक काटेपछि दीपक, दीपा, निता लगायतका कलाकारले नाचगान सहित रमाईलो गरेका थिए ।