आश्मा भईन मिस टिन कलेज


व्युटी न्युज नेपाल
काठमाडौं २९ भाद्र

सिजन मिडियाले आयोजना गरेको मिस टिन कलेज–२०१८ को उपाधि आश्मा अधिकारीले जितेकी छिन् । उपाधिसँगै उनले विभिन्न उपहार र थाईल्याण्ड घुम्न जाने अबसर प्राप्त गरेकी छिन् ।

यस्तै सो प्रतियोगितामा फस्ट रनरअप श्रृषा अर्याल, सेकेन्ड रनरअप सरिष्मा ठकुरी, थर्ड रनरअप सचिना थापा घोषित भएका छन् । यी तीनै जनाले पनि उपाधिसँगै थाईल्याण्ड घुम्न जाने अबसर प्राप्त गरेका छन् ।

काठमाडौंमा आयोजित सो प्रतियोगितामा फोर्थ रनरअप कविता सुनार भईन् । यस्तै अर्गनाईजर च्वाईस अवार्ड सुम्निमा राईले, बेस्ट स्माईल पुञ्जमायाँ बोमजनले, मिस फिटनेश अस्मिता उपाध्यायले, मिस पर्सनालिटी सृष्टी गौतमले, मिस ट्यालेन्ट कविता सुनारले र मिस डिसिप्लेनको उपाधि स्नेहा राईले प्राप्त गरे ।

यस्तै बेष्ट स्किनको उपाधि दीलासा कार्कीले, मिस फोटोजेनिकको उपाधि सचिना थापाले, मिस फ्रेन्डसिपको उपाधि अनिता लामाले, मिस बेस्ट ड्रेसको उपाधि एलिसा श्रेष्ठले, मिस बेस्ट वाकको उपाधि स्मृती सुनारले पाए ।

प्रतियोगितामा मिस लिडरसिपको उपाधि दिक्षिता खड्काले, मिस मल्टिमिडियाको उपाधि निहारिका शाही ठकुरीले, मिस पपुलरको उपाधि समीता आचार्यले, मिस भिवर्स च्वाईसको उपाधि ओसिन गुरुङले र मिस क्रियटिभको उपाधि इनिसा मुलिकले हाँसिल गरे ।