रोज व्युटी पार्लरको तीज नृत्यमा नम्रता उत्कृष्ट


व्युटी न्युज नेपाल
काठमाडौं २९ भाद्र
रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले तीजको अबसर पारेर आयोजना गरेको तीज नृत्य प्रतियोगितामा रोज व्युटी पार्लरको तीज नृत्यमा नम्रता उत्कृष्ट दाहाल प्रथम भएकी छिन् । प्रथम हुँदै उनले क्राउन जितिन् ।

व्युटिसियनबीच भएको सो नृत्य प्रतियोगितामा सरु जोशी दोस्रो, नविना अधिकारी तेस्रो भए । यस्तै सो प्रतियोगितामा सुचित्रा सापकोटा र श्रुती सापकोटाले सान्त्वना पुरस्कार जिते ।

तीजको अबसर पारेर रोजी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरसँग आबद्ध व्युटिसियनबीच नृत्य प्रतियोगिता आयोजना गरिएको रोजकी अध्यक्ष सोनी कारञ्जितले जानकारी गराईन् ।

सो कार्यक्रममा मुख्य अतिथि एवम् नेचार इसेन्स, कलर इसेन्सका कन्ट्री डिरेक्टर रमेश उप्रेतीले विजेताहरुलाई पुरस्कार स्वरुप कलर इसेन्सका सामग्री प्रदान गरे ।

सो क्रममा व्युटिसियनहरुले नाच गान गरेर रविभवन स्थित रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा तीज मनाए । कार्यक्रममा बरिष्ट व्युटिसियन सुमित्रा रञ्जित, अनिता खड्का, र्याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठ, काजल क्रियसनकी अध्यक्ष काजल शर्मालगायत अतिथि थिए ।