मगर संस्कृति बाेकेर दर्शक हसाउन अायाे साली कस्काे भेनाकाे


रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं, २९ भाद्र

चलचित्र ‘साली कस्को भेनाको’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । मुलुकका पाँच दर्जन भन्दा बढी हलबाट यो फिल्म प्रदर्शनमा आएको यसका निर्देशक भद्र भुजेलले जानकारी गराएका छन् ।

यस चलचित्रमा विल्सनविक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, रवि गिरी, वीरेन श्रेष्ठ, प्रिया रिजाल, पुष्प आचार्य, देव सागर, बलबहादुर गुरुङको अभिनय छ । हास्यप्रधान यो चलचित्रलाई प्रिमियर शोमा दर्शकले रुचाएका थिए । सिनेमाको छायांकार दीर्घ गुरुङ हुन् ।

पुरानो चलचित्र कान्छी, सन्तान, कर्जा आदि निर्माण गरेका निर्माता प्रसाद श्रेष्ठले दुई दशकपछि यो चलचित्र लिएर दर्शकमाझ आएका हुन् ।

यो फिल्मले फुपु चेलाले मामा चेलीलाई विवाह गर्ने हक लाग्ने मगर समुदायको परम्परालाई समेटेको छ । यस्तै, दाइको निधन भएमा भाइले भाउजूसहितको परिवारको रेखदेख गर्नुपर्ने जस्ता मगर संस्कृतिलाई पनि यस चलचित्रमा हेर्न पाईने छ ।

मगर संस्कृतिमाथि नेपाली चलचित्र त्यति निर्माण नभएकाले आफूले लामो अनुसन्धानपछि यो चलचित्र निर्माण गरेको यसका निर्माता प्रसाद श्रेष्ठले बताएका छन् ।

जसमा प्रसादसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ ‘विशाल’, कमला भट्टराई, मुक्ति अधिकारी पनि निर्माता छन् । याे चलचित्रले एकल रिलिज हुने अबसर पाएकाे छ ।