हरिवंशको नयाँ गीत आयो, शब्द मै व्यँग्य (भिडियाे सहित)


व्युटी न्युज नेपाल
काठमाडौं २८ भाद्र

जे भने नी हुन्छ मलाई पैसा लाग्दैन
म दुःखीलाई जे भने नी दुःख लाग्दैन…

आफुलाई अरुले दिएको दुःखलाई मनैदेखि ग्रहण गरेर लोकप्रिय अभिनेता एवम् हास्यव्यँग्य कलाकार हरिबंश आचार्यले नयाँ गीत जे भने नी हुन्छ मलाई…बजारमा ल्याएका छन् ।

गायक आचार्यले बिहीबार आफ्नो यो गीतको भिडियो मह सञ्चारको युट्युबबाट रिलिज गरेका छन् । यसपटक उनले भिडियोमा हेर्ने भन्दा पनि सुन्ने गीत बनाएका छन् । जे भने नि हुन्छ मलाई…बोलको उनको यो गीत लोक आधुनिक शैलीको निकै माधुर्य बनेको छ ।

यो गीत कलाकार हरिवंश आफैंले लेखेका हुन् । गीतमा संगीत पनि उनी स्वयंले सृजना गरेका छन् । आफूले गाएको गीतलाई प्रत्यक्ष रेकर्डिङ शैलीमा भिडियो बनाएर उनले सार्वजनिक गरेका छन् । भिडियोले यो गीत लाईभ व्याण्डसँग बसेर गाएको महसुस गराउँछ ।

भिडियोमा वाद्यवादक कलाकारलाई उनले समेटेका छन् । गीतको शब्द समसामयिकसंगै केही व्याँग्यपरक पनि छ । यस्तो गीत गाउने उनको विशेषता नै हो । भिडियो त्यत्तिकै सरल बनेको छ ।

सुदन केसीले निर्देशन गरेको यो भिडियोलाई दीर्घ गुरुङले खिचेका हुन् । भिडियोको सम्पादन जीवन थापाले गरेका हुन् ।