रुचाईँदै नितुको छमछमी यो तीजमा नाच्छु बरी लै…


व्युटी न्युज नेपाल
काठमाडौं २७ भाद्र

मोडल तथा गायिका नितु कोईराला गौतमले हालै तीजको नयाँ गीत छमछमी यो तीजमा नाच्छु बरी लै…को भिडियो दर्शकमाझ ल्याएकी छिन् ।

भिडियोलाई दर्शकले निकै मन पराएको र यसपटक तीजमा आफ्नो गीत निकै बजेको उनले बताएकी छिन् ।

गीतको भिडियोमा नितु र अभिनेत्री प्रिया रिजालले नृत्य गरेका छन् । साईराम पिक्चर्सले आफने युट्युवबाट रिलिज गरेको यो भिडियोलाई राजु केसीले छायाँकन गरेको हुन् । भिडियाको निर्देशक दीपासा विसी हुन् ।