अभिनयमा छाउँदै जगदिश


व्युटी न्युज नेपाल
काठमाडौं २७ भाद्र

जय जगदिश अधिकारी स्वदेशमा मात्र होइन्, विदेशमा पनि कला क्षेत्रमा सक्रिय छन् । नुवाकोटमा जन्मिएका जन्मिएर युरोपका विभिन्न सहरमा अभिनय र फिल्म सम्बन्धी शिक्षा लिएका उनको सक्रियता नेपाली नाटक र फिल्ममा उस्तै छ ।

‘अभिनय मेरा लागि पेशा जस्तै बनिसकेको छ । हरेक समय अभिनयलाई कसरी परिस्कृत बनाउने भन्ने नै ध्यान हुन्छ,’उनी भन्छन्, ‘त्यसैले मेरो ध्यान अहिले नाटकसँगै फिल्मी अभिनयमा पनि छ ।

जय जगदिशले ‘डेथ अफ ह्याप्पिनेस’, ‘मोदी आइन’, ‘मसान’, ‘एक चिहान’, ‘मुना मदन’, ‘यज्ञ वालक्य’, ‘बहुलाकाजीको सपना’लगायतका दर्जन नाटकमा आफ्नो अभिनय कला देखाइसकेका छन् ।

उनी नेपाल टेलिभिजनको टेलिश्रृंखला ‘जीवनचक्र(२००८)’, ‘भरोसा(२०१६)’, एपीवान टेलिभिजनको ‘टेन टु फाइभ’, जनता टेलिभिजनको ‘मानव’मा पनि अभिनय गरेका छन् । उनी ९७७ अनलाइन जयहोस्बाहेक एफएममा आरजे जय होस्, तात्तो न छारो र टु मच जस्ता कार्यक्रम पनि सञ्चालन गर्छन् ।

लण्डन, फ्रान्स र अन्य युरोपियन मुलुकमा अभिनय र फिल्म सम्बन्धी शिक्षा लिएका उनी आरजे भीजे, कलाकार, निर्देशक, कार्यक्रम सञ्चालक, स्टेण्डअप कमेडियन, सामाजिक परिचालक पनि हुन् ।
उनले फिल्म ‘पछुतो’, ‘दाग’, ‘इकु’, ‘जुभेनाइल’, ‘रुदाने’, ‘चमेली’, ‘काजी’, ‘आर्या’ र ‘लखपति माग्ने’मा पनि अभिनय गरेका छन् ।

जय जगदिशले डीएभी सेमेन्स् फिल्म इनिष्टिच्यूट, केटीभी फेम बोटानिक २००८, नेशनल थिएटर परफर्मर, यूके ब्रिटिस आर्मी एसोसिएसन, नेपाल एकता समाज फ्रान्स, एनआरएनए फ्रान्सलगायतका संस्थाबाट सम्मान पनि पाइसकेका छन् ।