कथा काठमाडौंको प्रोमो युट्युवबाट हटाउन बोर्डले काट्यो पत्र


व्युटी न्युज नेपाल
काठमाडौं, २६ भाद्र

नेपाली चलचित्रको इतिहाँसमै पहिलो पटक चलचित्र विकाश बोर्डले युट्युवमा राखिएको एउटा चलचित्रको प्रोम अश्लिल भयो भन्दै त्यसलाई हटाउन पत्र काटेको छ । त्यो पनि प्रोम नहटाएमा कानूनी कारवाही गर्ने चेतावनी पनि पत्र मार्फत दिएको छ ।

आगामी १२ असोजबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘कथा काठमाडु’को प्रोमो अश्लिल भएको भन्दै त्यसलाई युटुबबाट हटाउन बोर्डले यो फिल्मका निर्माता निदेृशकलाई पत्र काटेको हो ।

युट्युवमा राखिएको चलचित्र कथा काठमाडौं प्रोमो प्रति बोर्डको ध्यान आकर्षण भएको पत्रमा उल्लेख छ । यस्तो प्रकारको प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथा सिघ्र उक्त चलचित्रको प्रोमो हटाई सो को लिखित जानकारी समेत बोर्ड समक्ष पेश गर्न निर्देशन पत्रमा उल्लेख छ ।

बोर्डले सञ्चार सुचना तथा प्रविधि मन्त्रालयलाई समेत बोधार्थ पत्रले निर्माण पक्षले प्रोमो युट्युवबाट हटाउन २४ भदौमा पत्र पठाएको हो । सो प्रोमो नहटाएमा कथा काठमाडौंको निर्माण पक्षले कानुनी बमोजिम कारवाही गर्ने पत्रमा उल्लेख छ । जबकी युट्युवमा आएको कुनै चलचित्रको प्रोमो हटाउने अधिकारी चलचित्र विकाश बोर्डलाई छैन ।

प्रधानमन्त्री कार्यालयबाटै आएको आदेश हो,– बोर्ड अध्यक्ष

बोर्डले आफ्नो अधिकार मिचेर निर्देशन दिनुको कारण बारे बोर्ड अध्यक्ष निकिता पौडेलले भनिन्,‘प्रधानमन्त्री कार्यालयबाट सो दृष्यप्रति ध्यानाकर्षण भएकोले त्यसलाई हटाउन सञ्चारमन्त्रालयमा फोन गएको रहेछ । सञ्चार मान्त्रालयबाट तत्काल त्यो भिडियो हटाउन लगाउनु भन्ने पत्र बोर्डलाई आएको हुँदा हामीले आर.सी. पिक्चर्स प्रा.लि. र आहाना फिल्म्स प्रोडक्सन प्रा.लि.लाई कथा काठमाडौंको प्रोमो हटाउन पत्र काटेका हौं ।’ बोर्ड अध्यक्ष पौडेलले अगाडि थपिन्,‘यो चलचित्रको सेन्सर गर्ने तयारी भईरहेकाले अब सिनेमालाई चलाउन दिने की नदिने भन्ने निर्णय सेन्सर बोर्डले गर्नेछ । हामी फिल्मलाई सेन्सरको लागि सेन्सर बोर्डमा पठाउने छौं ।’

प्रोमो हैन, फिल्म हेरेर निर्णय गरौं – निर्देशक श्रेष्ठ

यता कथा काठमाडौंकी निर्देशक संगीता श्रेष्ठले मँगलबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै बोर्डबाट प्राप्त पत्रबारे जानकारी गराएकी छिन् । उनले बोर्डले कथा काठमाडौंको अश्लिल प्रोमो भनिएको साईट आफुहरुसँग सम्बन्धिन नरहेको र त्यो साईटमा सिनेमाको प्रोमो तथा गीतको विभिन्न दृष्य जोडेर त्यसलाई अश्लिल जस्तो बनाई प्रदर्शन गरिएको बताएकी छिन् ।

उनले प्रोमो भन्दा पनि फिल्म हेरेर त्यसलाई प्रदर्शन गर्न दिनेकी दृष्य हटाउने भन्ने निर्णय गर्ने अधिकार सेन्सर बोर्डको रहेको बताएकी छिन् ।

पत्रकार भेटघाटमा निर्देशक श्रेष्ठले भनिन्,‘हाम्रो गीतको दृश्यलाई मात्र आधार मानेर जुन चर्चा परिचर्चा छ र त्यसकै आधारमा फिल्मलाई मुल्याङ्कन गरिनु हुदैन भन्ने टिमको मान्यता हो । फिल्ममा हामीले तिन कथा र पात्रलाई चित्रण गरेका छौ, काठमाडुको पात्र देखाएका छौ भने त्यसको गहिराइमा पुग्नु पर्छ भन्ने मेरो निष्कर्ष हो ।’ फिल्म हेरेपछि त्यो दृश्य कथा अनुसार अश्लिल र भद्दा लागेमा आफु त्यसको अपजस लिन तयार रहेको पनि उनले बताएकी छिन् ।

कथा काठमाडौंको अफिसियल च्यानल हाईलाईट्स नेपाल भएको, युट्युवमा आफुहरुले राखेको रातका कुरा… गीतको भिडियो र प्रोमोलाई युट्युवले नै सेन्सर गरेर १८ वर्ष मुनीकाले हेर्न नमिल्ने बनाएको पनि निर्देशक श्रेष्ठले बताईन् ।
चलचित्र विकाश बोर्डले प्रोमो हटाउन निर्देशन दिएको प्रति निर्देशक श्रेष्ठले आश्चार्य व्यक्त गरेकी छिन् । युट्युवमा सामुहिक भन्दा नीजि रुपमा १८ वर्ष भन्दा माथिका उमेरका दर्शकले हेर्ने प्रावधान युट्युवले तय गरेको पनि उनले बताएकी छिन् ।

कथा काठमाडौंको रातका कुरा… गीतको भिडियोमा प्रियँका कार्की र प्रमोद अग्रहरी बीचको अन्तरंग दृश्यलाई काटेर पोर्न हव भन्ने यौनजन्य भिडियो साईटले हालेकोमा संगीताले दुःख व्यक्त गरेकी छिन् । सो दृष्य पोर्न हवबाट हटाउन कथा काठमाडौंको आधिकारिक डिजिटल संस्थाले प्रतिलिपि अधिकार सम्बन्धि रजिस्टारको कार्यालयमा उजुरी दिँदै सो कार्यलयमार्फत प्रहरीलाई अनुरोध गरिसकेको पनि उनले जानकारी गराईन् । तर त्यो दृष्य अझै हटाईएको छैन ।