अस्मिताको भिडियोमा हर्षिकाको पिता बने शिब श्रेष्ठ


व्युटी न्युज नेपाल
काठमाडौं, २६ भाद्र

अग्रज अभिनेता शिब श्रेष्ठ पितको भूमिकामा म्युजिक भिडियोमा आएका छन् । व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश बाबा तिमी छौ र त…. बोलको गीतमा नायक श्रेष्ठले बाबाको भुमिकामा अभिनय गरेका हुन् । बुबाको मुख हेर्ने दिनको अवसर पारेर आईतबार काठमाडौंमा एक कार्यक्रममा यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ । युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुरना अभिनेता श्रेष्ठ र नायिका श्रेष्ठले बाबु छोरीको भुमिका निर्वाह गरेका छन । भिडियोलाई उत्सव दाहालले खिचेका हुन । जसमा सम्पादन निशान घिमिरेको छ ।

कार्यक्रममा बोल्दै अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर गीत लेखेको बताइन,‘बाबा आमा विना आफ्नो अस्तित्व हुदैन । यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिएन ।’ त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेको उनले बताईन् ।

अहिले देशमा भइरहेको बलात्कारको विरुद्दमा भिडियो तयार पारीएको छ भन्दै अभिनेता श्रेष्ठले यो भिडियोमा काम गर्न पाउदा खुसी लागेको बताए । कार्यक्रममा उनले भने, ‘धेरै फिल्ममा काम गरे पनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन, तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु र निकै खुसी लागेको छ ।’

अभिनेत्री हर्षिकाले पनि भिडियोमा काम गर्न पाउँदा धेरै कुरा सिक्ने अबसर पाएको र बुबाको साह्रै याद आएको बताए ।