व्युटी न्युज नेपाल
काठमाडौं, २५ भाद्र

राजधानीको सुन्धारा स्थित व्युटी सेक्रेट सलुन एन्ड ट्रेनिङ इन्स्टिच्युचमा सोमबार दिउँसो नाच गान सहित दर खाएर तीज मनाईएको छ । व्युटी सेक्रेटकी अध्यक्ष सुमित्रा रञ्जितले तीजको पावन अबसरमा दर तथा नाचगान कार्यक्रम आयोजना गरिएको बताईन् ।

सो कार्यक्रममा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारञ्जित, कँलकी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन अनिता खड्का रायमाझी, व्युटिसियन सुलोचना श्रेष्ठ लगायत अतिथि थिए ।

दर कार्यक्रममा दर खाँदै अतिथि सहित व्युटिसियन, कर्मचारी तथा ग्राहकले विभिन्न तीज भाकामा नाचगान सहित रमाईलो गरे ।