निमा रुम्बाको ग्याङ स्टार फिल्म खेल्ने चाहना


व्युटी न्युज नेपाल
काठमाडौं २५ भाद्र

पप गायक तथा अभिनेता निमा रुम्बा अब नयाँ नेपाली चलचित्र छिरिङ मार्फत दर्शकमाझ फेरी आउने भएका छन् । यसअघि उनले फिल्म कागबेनीमा नायकको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले भिषा गर्ल र अर्को एउटा फिल्ममा अतिथि कलाकारको रुपमा अभिनय गरेका थिए ।

आगामी १२ असोजमा रिलिज हुने यो फिल्मलाई यसकुमारले निर्देशन गरेका हुन् । आफ्नो बास्तविक नाम छिरिङ भएको र छिरिङ नामकै फिल्ममा खेल्ने प्रस्ताव आएकाले आफुले यसमा काम गरेको निमाले बताएका छन् ।

आइतबारबार काठमाडौंमा यो फिल्मको ट्रेलर रिलिज गरियो । सो कार्यक्रममा निमाले यो फिल्ममा आफुले एक्सन रोल गरेको बताए । यो फिल्ममा पनि आफु छिरिङ पात्रको रुपमा रहेको पनि उनले खुलासा गरे ।

अब आफुलाई एउटा ग्याङ स्टार फिल्म खेल्ने चाहना भएको पनि निमाले बताए । फिल्ममा बेला बेलामा काम गर्दै आए पनि गायन नै आफ्नो मुख्य पेशा भएको पनि उनले प्रस्ट्याए ।