व्युटी न्युज नेपाल
काठमाडौं २४ भाद्र

गायिका निशा कंडेलले आफ्नो दोश्रो गीत नेपाली छोरी… श्रोतामाझ ल्याएकी छिन् । केहि महिना अघि सार्बजनिक गीत ‘सँधैलाई…’ बाट राम्रो प्रतिक्रिया पाएकी उनले दोस्रो गीत बनाएर अफिसियल भिडियो सार्बजनिक गरेकी हुन् ।

राहुल प्रधानको संगीत रहेको गीतलाई सन्जिब भट्टराईले शब्द लेखेका हुन् । प्रमोद भण्डारीले कोरियोग्राफी गरेको भिडियोमा रास्ट्रियता झल्काउन खोजिएको छ ।

नितिन चन्दले निर्देशन गरेको भिडियोलाइ सुरेश नेपालले छायांकन, दिपेन बस्न्यातले सम्पादन गरेका छन् ।  गीतमा एउटी युवतीले आफुलाइ नेपाल र नेपाली संस्कृति मन पर्ने बताई रहेकी छिन । भिडियोमा गायिका कंडेल नै मोडलको रुपमा छिन् ।