अभिनेत्री शोभिताले लेखिन उपन्यास वराङगना


व्युटी न्युज नेपाल
काठमाडौं २३ भाद्र

केही समयदेखि चलचित्रबाट छायाँमा रहेकी अभिनेत्री सोभिता सिम्खडा लेखनमा व्यस्त थिईन् । सोभिताले आफ्नो नयाँ उपन्यास ‘वाराङगना’ तयार गरेकी छिन् ।

यो उपन्यास प्रकाशनको लागि प्रेसमा पठाएको यी अभिनेत्रीले बताएकी छिन् । वराङगना नाम राखिएको सोभिताको सो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको कभर पेज सार्वजनिक भएपछी सबैतिरबाट आफुलाई सकारात्मक प्रतिकृया आएको शोभिताले बताएकी छिन् । यी नवोदित लेखिकाले शुक्रबार आफ्नो उपन्यास वराङनाको भिडियो प्रोमो सार्वजनिक गरेकी छिन ।

उनको पहिलो उपन्यास असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बिच सार्वजनिक हुदैछ ।

तिन बर्ष लगाएर लेखिएको सोविताको वराङगनाको प्रोमोमा उनी देखीएकी छिन । काठमाडौं तथा ललितपुरका केही सुन्दर स्थानमा खिचिएको प्रोमो आकर्षक बनेको छ । आफु पछिल्ला केही समय चलचित्रमा नदेखिनुको कारण उपन्यास लेखनमा व्यस्त रहेको शोभिताले बताएकी छिन् ।

चलचित्र सन्देशबाट नेपाली सिनेबृत्तमा उदाएकी सोभिताले एक दर्जन बढी चलचित्रमा नायिकाको रूपमा काम गरिसकेकी छिन ।