शोभाले सुरु गरिन सिल्भर लाईनिङ मेकअप स्टुडियो


व्युटी न्युज नेपाल
काठमाडौं २२ भाद्र

बिगत डेढ दशकदेखि व्युटिसियन पेशामा सम्बद्ध मेकअप आर्टिस्ट तथा व्युटिसियन शोभा कार्कीले काठमाडौंको शँखमुलमा नयाँ मेकअप स्टुडियो सुरु गरेकी छिन् । उनले आफ्नो नयाँ मेकअप स्टुडियो सिल्भर लाईनिङ मेकअप स्टुडियोलाई २१ भाद्रबाट सञ्चालनमा ल्याएकी हुन् ।

सुन्दर डिजाईन र सुविधासम्पन्न यो स्टुडियोको बरिष्ट व्युटिसियन सुमित्रा रञ्जित, व्युटिसियन गीता गिरी, कलर इसेन्सका कन्ट्री डिरेक्टर रमेश उप्रेती, अभिनेत्री जान्ह्वी वोहरा र फेशन डिजाइनर काजल शर्माले रिवन काटेर सँयुक्त उद्घाटन गरे । उद्घाटन समारोहमा केक काटेर सेलिब्रेसन समेत गरिएको थियो ।

तिजको अबसर पारेर सुरु गरिएको यो मेकअप स्टुडियोमा केही दिन सेवामा विशेष छुटको पनि व्यबस्था गरिएको कार्यक्रममा जानकारी गराईयो ।

आफ्नो मेकअप स्टुडियोमा मेकअप सम्बन्धि सम्पूण सेवा प्रदान गरिने शोभाले जानकारी गराईन् । मेकअप सम्बन्धि विशेष प्रशिक्षणको पनि व्यबस्था गरिएको उनले बताईन् ।

मेकअपसँगै हेयर केयर र व्युटिकेयर सम्बन्धि सुविधा समेत प्रदान गरिने यो स्टुडियोले आफ्ना ग्राहकका लागि आधा घन्टामै पार्टीको लागि मेकअप सम्पन्न गर्ने पनि उनले बताईन । आधा घन्टाको समय निकालेर सिल्भर लाईनिङमा आएमा आफुहरुले मेकअप गरेर विशेष पार्टी लुक्समा उतार्ने पनि शोभाले जानकारी गराईन् ।

कार्यक्रममा अतिथिहरुलाई रमेश उप्रेतीले तिजको कोशेली स्वरुप कलर इसेन्सका विभिन्न उपहार समेत प्रदान गरेका थिए । उद्घाटन समारोहमा अतिथिहरुले सिल्भर लाईनिङ मेकअप स्टुडियोको सफलताको कामना गर्दै शोभालाई बधाई दिए ।