फिल्म ’गुनगुन’ को टिजर सार्वजनिक भएको छ


व्युटी न्युज नेपाल
काठमाडौं, २२ भाद्र

फिल्म ’गुनगुन’ को टिजर सार्वजनिक भएको छ । केहि समय अगाडी मात्र आइटम गीत रिलिज गरिएको फिल्मको टिजर युट्युब मार्फत गरिएको हो । सामाजिक कथावस्तुमा निर्मित फिल्मले भरपुर मनोरंजन दिने निर्माण युनिटको भनाइ छ ।

पुकार भट्टराईको निर्देशनमा तयार फिल्मले रिलिज कार्तिक ३० गते हुने घोषणा गरेको छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वर्ल्ड प्रिमियर हुने प्रेम कथामा आधारित यसफिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन ।